अ+
अ
अ-
काठमाडौं, २८ माघ । माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ ।

बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्देश्यले उक्त ‘हब’ सञ्चालनमा ल्याएको हो । उक्त ‘हब’ बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्ने बैंकले जनाएको छ ।


