समाचार

विभेदले थिचिएकी लोकगायिका डिक्रा

काठमाडौँ
“बाँझ गुराँसका दाउरा, बल्ला गुरुगुरु
साईका नाडी मेरा हात चल्ला सुरुसुरु।।”

दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुनसक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन् । सुरिलो स्वरकी धनी सुदूर पश्चिमकी यी चेलीलाई त्यहाँका प्रमुख शहरमा हुने विभिन्न महोत्सवमा समेत स्थान दिइन्नँ । त्यस्ता महोत्सवमा काठमाडौँ र अन्य शहरबाट आधुनिक र पप सङ्गीतका कलाकारलाई लाखौं खर्च गरेर लगिन्छ तर, कञ्चनपुरकी डिक्रालाई बोलाइन्नँ । बोलाइए पनि काठमाडौँबाट लगिने कलाकारको तुलनामा अति न्यून पारिश्रमिक दिइन्छ ।

डिक्राले डेउडा र ठाडी भाकामा दिएको योगदानलाई सम्मान र संरक्षण गरिनुपर्नेमा उल्टै उपेक्षा भइरहेका बेला गएको शनिबार काठमाडौँको राष्ट्रिय नाचघरमा एकल डेउडा गायनपछि डिक्राको परिचय देशभर फैलिएको छ । तारादेवी, नारायण गोपाल जस्ता मूर्धन्य कलाकारहरुले रेडियो नेपालमा गाएको सुनेर कलाकार बनेकी डिक्रालाई आफूले पहिला पहिला गाएका आफ्नै गीत र भाकाहरु बिर्सने स्थिति भइसकेको छ ।

कोइली झैँ सुरिलो आवाज निकालेर पति सङ्गीतकार कित्थ्या बादीका साथ भाका हालेर काठमाडौँका कलाप्रेमी र दर्शकमाझ पहिलोपटक प्रस्तुत भएपनि डिक्रालाई यस क्षेत्रमा पुनरागमन हुन उत्साह थपिएको छ । उचित वातावरण नपाएपछि विसं २०५२ तिर उहाँले गायनलाई स्थगन गर्नुभएको थियो । रासससँग कुरा गर्दै डिक्राले भन्नुभयो – “खोजीखोजी काठमाडौँमा गायनका लागि ल्याउन पहल गर्ने अमृत भादगाउँले र हेमन्त विवशका कारणले मलाई आँट मिलेको छ । मेरो भाग्य खुलेको छ । अब बाटो पाएँ जस्तो लागेको छ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *