खेलकुद
ला लिगामा बार्सिलोनाको संघर्षपुर्ण जित, मेस्सीको पेनाल्टी मिस
काठमाडौं, ५ फागुन । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि १–० को साँघुरो जित निकाल्यो । बार्साका लागि अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले निर्णायक गोल गरे ।

४३ औं मिनेटमा पेनाल्टी मार्फत एक गोल गरेका मेस्सीले अर्को एउटा पेनाल्टी अवसर भने खेर फालेका थिए । जितपछि २४ खेलबाट ५४ अंक जोडेको बार्सिलोनाले शीर्ष स्थानको पकड झनै मजबुत पारेको छ ।
