समाचार
अनियमिततामा मुछिने, कारबाही नहुने
काठमाडौं ५ फागुन । संविधान जारी भएयताको साढे ३ बर्षमा मुलुकमा दर्जनौं ठूला अनियमितता भए पनि संलग्न उच्च पदस्थहरुमाथि कारवाही हुन सकेको छैन ।

भ्रष्टाचार र अनियमितताको आरोप लागेका संबैधानिक र अन्य निकायका उच्च पदस्थहरुमाथिको छानविन उनीहरु पदबाट बाहिरिएसँगै सामसुम हुने गरेको छ ।


