मनोरञ्जन
सुत्केरी आमालाई भत्ता
भरतपुर,१ फागुन । नवलपुरको गैँडाकोट नगरपालिकाले छ महीनामा ८१ सुत्केरी आमालाई भत्ता दिएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजारका दरले भत्ता प्रदान गरेको हो । ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई प्रोत्साहनस्वरुप रु तीन हजार प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

नगरपालिकाभित्रका बर्थिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण गरेका र सुत्केरी भएका आमालाई मात्र भत्ता उपलब्ध गराएको आचार्यले बताउनुभयो । नगरपालिकाभित्र गैँडाकोट र पितौजीमा दुई मात्र बर्थिङ सेन्टर सञ्चालनमा छन् । रतनपुर र अमरापुरीमा वर्थिङ सेन्टर सञ्चालनको तयारी छ ।

