समाचार

ट्रम्प र कीम जोङ–अन भियतनाममा भेट्ने

वासिङ्टन,२३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गर्नुभएको छ । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो ।

भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्नका लागि उत्तर कोरियाली नेतालाई सहमत गराउन विशेष पहल गर्नु हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *