समाचार
बझाङका डीएसपीले जुवा खेलाउन निर्देशन दिएको अडियो सार्वजनिक
काठमाडौं १५ माघ । जुवा खेलाउन निर्देशन दिएको अडियो सार्वजनिक भएपछि बझाङका प्रहरी प्रमुख प्रविण धिताल विवादमा तानिएका छन् । सरुवा भएर बझाङ आएको केही हप्ता मै ८ जना जुवाडे पक्राउ गरेर चर्चामा आएका उनी सामाजिक सञ्जालमा अडियो सार्वजनिक भएपछि जुवा कै कारण विवादमा परेका हुन् ।

सादा पोसाकमा घुमुवाको काम गर्ने प्रहरी हवल्दार नरबहादुर खड्कालाई डीएसपी धितालले जुवा खेलाउन निर्देशन दिएको टेलिफोन संवाद सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।


