समाचार
जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ

म्याग्दी, १३ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृिद्ध गरी जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिइएको बताउनुभएको छ ।
स्थानीय मुनामा आज धौलागिरि गाउँपालिकाको पाँचौँ गाउँसभाको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्नु नै हाम्रो मुख्य प्राथमिकता रहेको छ भन्नुभयो ।
