मनोरञ्जन
अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि
काठमाडौँ,१३ माघ । दुई वर्षअघि कण्डमको नाम सुन्ने बित्तिकै मुख छोपेर भाग्ने जाजरकोटका ग्रामीण क्षेत्रका महिला तथा पुरुषमा अहिले प्रयोग दर बढेको छ । महिला स्वयंसेविका र स्वास्थ्य संस्थाको निरन्तर जागरणका कारण ग्रामीण क्षेत्रमा अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या बढेको हो ।

सञ्चार माध्यमको पहुँच गाउँगाउँमा बढ्नु र सङ्घसंस्थाले निरन्तर जनसङ्ख्या नियन्त्रण गर्न विभिन्न सुरक्षित उपाय खुलेर सिकाउन थालेपछि अहिले अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या बढेको स्थानीय तहका स्वास्थ्य शाखाले जानकारी दिएका छन् ।
