मनोरञ्जन
अभिनेत्री करिश्मा मानन्धरका चर्चित ४ ‘कन्ट्रोभर्सी’

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर आजभोली आउनै लागेको एसईई परिक्षाको तयारीमा छिन् । ३० बर्षसम्म नेपाली फिल्म उद्योगभित्र अभिनेत्रीको पर्यावाची करिश्मा पनि बन्यो ।
उनी परदेशमा पनि बसिन् । नेपाल फर्केपछि फिल्म निर्माणमा पनि सक्रिय भइन् । राजनीतिमा हात हालिन् । अन्ततः अध्ययनमा पनि उनको रुची बढ्यो र माध्यमिक विद्यालयमा भर्ना भइन् ।

३० बर्षको करिअरका दौरानमा करिश्मामाथि निक्कै गसिप बने । सदाबहार अभिनेत्रीको उपमा पाएकी उनी क्लिभेज ट्याटुले पनि गसिपको पात्र बनिन् भने, अनेकसँग भएका सम्बन्धका हल्ला पनि कम भएनन् । हालै पनि एकाध गसिपमा उनको नाम जोडिन्छ ।
करिअरका दौरान भएका धेरै हल्ला मध्ये, चार वटालेचाहीँ बजार तताएको थियो ।
- एक समय करिश्माबाहेकका फिल्म हेर्नै पाइँदैन थियो, अभिनेता राजेश हमालसँग स्क्रिन सेयर हुने गरेको थियो । सो क्रममा हमालसँग उनको जोडी जमेको मात्र हैन, निजी सम्बन्ध रहेको ‘कन्ट्रोभर्सी’ अझ सशक्त थियो ।
- पति बिनोद मानन्धरसँग उनको सम्बन्ध चिसो भएको हल्ला चल्यो । गोदाबारीस्थित निवासमा करिश्मा र बिनोद बसे पनि सम्बन्धमा खासै सुधार नभएको बताइन्छ । हालैको एउटा अन्तरवार्तामा करिश्माले भनेकी छन्– म मेरो मर्जीको पक्षी हुँ । अर्थात्, पति बिनोदको मर्जी उनका लागि महत्वको होइन ।
- राजनीतिक दलका नेतासँग पनि उनको सम्बन्धको हल्ला नचलेको होइन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनको सम्बन्ध रहेको गसिप चर्चामा थियो । तर, डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल गठन गरेपछि त्यसको कार्यकारी परिषद्को सदस्यमा नियुक्त भइन्, करिश्मा । लगत्तै प्रचण्डको प्रतिक्रिया थियो– मसँग नाम जोड्ने गरिन्थ्यो, करिश्मा कोसँग जोडिने नाम थाहा पाउनु भयो होला नि !
- करिश्मा केही बर्ष अमेरिका बसिन् । निर्माण गरेको फिल्म ढुकढुकीमा उनको पैसा डुबेपछि फिल्म देखाउन भन्दै अमेरिका पुगिन् । तर, उतै बसिन् । त्यसबेला अहिले विवादमा तानिएका सञ्चारकर्मी रवी लामिछानेसँग उनको नाम जोडियो । रविसँग अमेरिकामा भेट भएको, राम्रो साथी भएको प्रतिक्रिया करिश्माले हालै एउटा अन्तरवार्तामा दिए पनि त्यो हल्लाले उनलाई प्रभावित बनायो । कतिपयले त करिश्माको निजी जीवनको समस्याको कारण पनि रवि भएको गसिप चलाए । टेलिभिजनमा बिनोद मानन्धरले प्रस्तुत गर्ने चलचित्र सम्बन्धी कार्यक्रम क्ल्याप बोर्डको निर्माण सदस्य रहेका कारण रवि र करिश्मा नजिकिएको चर्चा चल्यो ।

