समाचार

कुकुरको शरीरमा प्रधानमन्त्रीको टाउको जोडिएको तस्बिर फेसबुकमा सेयर गरेको अभियोगमा विद्यार्थी नेता प्रक्राउ

काठमाडौं २६ कार्तिक । विद्यार्थी नेता प्रक्राउ परेको भन्दै विरोधमा आइतबार काभ्रेका सबै विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर बिगारेर कार्टुन बनाइ फेसबुकमा सेयर गरेको अभियोगमा विद्यार्थी नेता प्रक्राउ परेपछि रिहाइको माग गर्दै नेपाल विद्यार्थी सङ्घले काभ्रेमा शैक्षिक संस्था बन्द गर्दा पढाई प्रभावित भएको हो ।

कुकुर तिहारको दिन कुकुरको शरीरमा प्रधानमन्त्रीको टाउको जोडिएको तस्बिर फेसबुकमा सेयर गरेको भन्दै काभ्रे प्रहरीले मण्डनदेउपुर नगरपालिका–५ तपेश्वर माविका नेविसंघ अध्यक्ष १६ वर्षीय कृष्ण ढकाललाई प्रक्राउ गरी थुनेको थियो ।

सरकारले अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गरेको भन्दै रिहाइको माग गर्दै दुई दिने शैक्षिक हडताल गरेको नेविसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले बताए । उनले वक्तव्य निकाल्दै भनेका छन्, ‘फरक विचार भएकै आधारमा कार्टुन बनाउने भन्दा सेयर गर्नेलाई कारबाही गरियो ।’

चाडपर्वको मुखमा फेसबुकमा तस्बिर सेयर गरेको भन्दै हतकडी लगाएर ती विद्यार्थी नेतालाई थुनामा राखिएको हो । नेविसंघ केन्द्रले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी नेताको रिहाइ नगरे चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

केन्द्रले विज्ञप्तिमा कात्तिक २५ गते जिल्ला प्रशासन कार्यालय काभ्रे घेराउ, २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्काजाम कार्यक्रम सार्वजनिक गरेको छ ।

ढकाललाई प्रधानमन्त्रीको तस्बिर बिगारेर सेयर गरेको अभियोगमा पक्राउ गरी थुनामा राखेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रविराज खड्काले जानकारी दिए ।

प्रहरी प्रमुख खड्काका अनुसार नयाँ मुलुकी संहिता कानुन र साइबर कानुन अनुसार ढकाललाई पक्राउ गरी कारबाहीका लागि शनिबार महानगरीय अपराध महाशाखामा बुझाइएको जानकारीका दिए ।

ढकाललाई काठमाडौँ जिल्ला अदालततबाट म्याद थप गरी थप अनुसन्धानका भइरहेको छ । ढकालसँगै फेसबुकमा सेयर गरेको भन्दै प्रहरीले पत्रकारलाई पनि प्रक्राउ गरी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा पठाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक गिरीले जानकारी दिए ।

पत्रकार कविराज ढकालले जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ग्रुप च्याटमा उक्त पोस्टको स्क्रिन सट पठाएको अभियोगमा पत्रकार ढकाललाई पक्राउ गरेको डीएसपी गिरिले जानकारी दिए । अन्नपूर्णपोष्टबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *