मनोरञ्जन

मोडेल रिमाको साथमा कुमार रेग्मीको रामोन्टिक अभिनयमा ‘फूल मा देख्छु तिमि नै,बोलको गीत सार्वजनिक

काठमाडौं । नेपाली गित संगीतको संसारमा गायिका प्रशन्ना पाण्डेले बिजया दशमीको अवशर पारेर नयाँ सांगीतिक कोशेली लिएर आएकी छन।

नेशनल क्यापिटल अवार्डबाट समेत सम्मानित भसकेकी उनले दसैंको अवसर पारेर ‘फूल मा देख्छु तिमि नै, जुन मा देख्छु तिमि नै’ बोलको गीत नेपाली साङगितीक बजारमा उतारेकी हुन । यस पटकको कोसेली उनले स्थापित गायक आनन्द कार्कीसँगको युगल गायनमा लिएर आएकी छन।

नेपाली पप तथा आधुनिक गरी दर्जनौ गीतहरुमा आफ्नो स्वरको जादु देखाइसकेकी उनी लाखौँ दर्सक तथा स्रोताको मनमा बस्न सफल मध्येकी एक हुन । गोबिन्द प्रसाद उपाध्यायको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ ।

गितको म्युजिक भिडियोमा चर्चित मोडेल रिमा बिश्वकर्माको साथमा कुमार रेग्मीको रामोन्टिक अभिनय देख्न सकिन्छ । युवा नेर्देशक निकेश खड्काको निर्देशन र बिकाश धमलाको सम्पादन रहेको यो गितलाई बुद्ध थापाले निकै नै सुन्दर तरिकाले क्यामेरमा कैद गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *