मनोरञ्जन
पूर्व मिस नेपाल अस्मी र प्रेमी गायक सनमको जन्म एकै दिन परेपछि लेखिन यस्तो प्रेमपत्र
पूर्व मिस नेपाल अस्मी श्रेष्ठ र भारतीय गायक सनम प्रेममा रहेको कुरा नौलो रहेन ।केही समय पहिले यि दुइृले आफ्नो प्रेम सार्वजनिक गरेका हुन् ।यसैबीच, अस्मी श्रेष्ठले दुवैजनाको फोटो राखेर प्रेममय स्टाटस लेखेकी छिन् ।
उनले लेखेकी छन् । म त्यो कुराकानी सधैँ सम्झन्छु, जुनवेला हामी सोच्थ्यौँ कि हामी एक–अर्कालाई ढाँटिरहेका छौँ । किनभने, दुवैको जन्मदिन एकै दिन परेको थियो । हामीले एक–अर्कालाई यही यथार्थ बतायौँ । अहिले दोस्रोपटक एकसाथ जन्मदिन आयो । र, मैले अहिलेसम्म विश्वास गर्न सकेकी छैन कि जीवनको हामीलाई यो मीठो सरप्राइज हो ।
यति अद्भूतपनाका लागि धन्यवाद, मलाई पूरा समय मुस्कुराउने बनायौ । इमानदारिताका वास्तविक अर्थ बुझाएका छौ, फेरि धन्यवाद १ जब तिमी मेरो जीवनमा आयौ, त्यस समयदेखि जीवन अत्यधिक सार्थक, शान्तिपूर्ण र प्रेमले भरिएको छ । हामीलाई जन्मदिनको शुभकामना, धेरै माया १ मिस नेपाल हुँदा निकै चर्चा पाएकी अस्मीको क्रेज र फ्यान फलोविङ राम्रो छ त्यस्तै केही समय अगाडि नेपालमा कन्सर्ट गरेका सनमको नेपाल र भारतमा लोभलाग्दो क्रेज छ साथै युटुब र सामाजिक सन्जालमा पनि निकै लोकप्रियता छ।


