मनोरञ्जन

इन्द्रजात्रामा धेरै जात्रा तथा पूजापाठ,कलिला नानीदेखि वृद्धवृद्धासमेत इन्द्रजात्रा अवधिभर रमाउदै

काठमाडौँ । हनुमानढोकास्थित आकाश भैरव अगाडि यःसिं लिङ्गो ठड्याई इन्द्रध्वजोत्थान गरिएदेखि शुरु भएको यँया डै पुन्ही अर्थात् इन्द्रजात्रा आज नानीचा याः गर्दै सम्पन्न हुँदैछ ।इन्द्रजात्राभित्र अरुधेरै जात्रा  तथा पूजापाठ हुन्छ । यिनै जात्रा तथा पाठपुजाले इन्द्रजात्रालाई थप रौनक प्रदान गरेको हुन्छ जसका कारण कलिला नानीदेखि वृद्धवृद्धासमेत इन्द्रजात्रा अवधिभर रमाउने गर्छन् । नानीचा याःसँंगै यो रमाइलो समय पनि यस वर्षदेखि बिदा हुँदैछ ।

बालबच्चादेखि युवा तथा प्रौढलाई आकर्षित गर्ने जात्रामा कुमारीको रथयात्रा, उपाकु वनेगु, डागिँ वनेगु तथा बौमत जात्रा मुख्य छन् । मानिसलाई थप मनोरञ्जन दिई झुमिरहुँ बनाउने काम भने लाखे, भ्mयालिँचा नृत्य, पुलुकिसी जात्रा, कुमारी घर अगाडि दश अवतार, भक्तपुरको महाकाली प्याखँ, सबःभक्कु प्याखँ, ख्याः प्याखँ ९ख्याःकको नाच तथा दिप्याखँजस्ता प्रदर्शनले गर्छन् । त्यस्तै हनुमानढोकामा हाथुद्यो प्रदर्शन, काष्ठमण्डप अगाडि इन्द्रराजको मूर्ति आदिले यो महीना निकै रमाइलो हुन्छ ।

कुमारी रथयात्रा

कुमारी रथयात्राको पहिलो दिन कुमारीघरमा बज्रयान बौद्ध तथा हिन्दू परम्परानुसार श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको विशेष पूजा गरी साइतमा रथयात्रा शुरु हुन्छ ।
पञ्चबुद्धको प्रतीक बुद्धको मुकुट पहिरिएका रातो, नीलो, पहँेलो, हरियो तथा सेतो रङको विशेष वस्त्र लगाएका पाँच बज्राचार्य गुरुलाई अगाडि राखेर कुमारीको रथयात्रा गरिन्छ । कुमारी रथ यात्राको पहिलो दिन असोज ८ गते क्वनेयाः रथयात्रामा श्रीकुमारी, श्रीगणेश तथा श्रीभैरवको रथलाई वसन्तपुरबाट तानेर काष्ठमण्डप, चिकंमुगल, न्हूघः, जैसीदेवल, ज्याःबहा, लगन, मुसुम्बहा, ह्युमतः, क्वहिटी, भीमसेनस्थान, सिंल्यंसत्तल, काष्ठमण्डप हुँदै पुनः कुमारीघरमा ल्याएर क्वँनेयाः९तल्लो भाग० समापन हुन्छ ।

उपाकु वनेगु

कुमारी रथयात्राको पहिलो दिन वर्ष दिनभित्र दिवंगत भएका परिवारको नामबाट गुरु वज्राचार्यको नेतृत्वमा धारणी र तुतः धार्मिक पाठका साथ काठमाडौँको भित्री शहरमा रहेका दोबाटो, चौबाटो र देवस्थलमा काँचो माटाको पाल्चा पालामा बत्ती बाल्दै धूप लिएर मृतकको सुखावती भुवनवासको कामना गर्दै चैत्य आकारमा प्रदक्षिणा गर्ने परम्परा नेवार समुदायमा छ । यसलाई नै नेपाल भाषामा उपाकु वनेगु अथवा मतया भनिन्छ ।

उराय स्थापित, तुलाधर, कंसाकार, ध्वब्या आदि जाति समुदायबाहेकका नेवार बौद्ध समुदायले भने यँलाथ्व द्वादशीका दिन उपाकु जाने चलन छ । यस दिन बज्राचार्य, शाक्य आदि बौद्ध समुदायमा मात्र उपाकु जाने गरिन्छ । उपाकु कुमारीको रथयात्रा गर्ने मार्गसहित बुद्ध चैत्य तथा मूर्तिको हुँदै परिक्रमा गर्ने र दियो राख्दै जाने गरिन्छ ।

बौद्धविद्वान् राजेन्द्रमान बज्राचार्यका अनुसार उपाकुका दिन पञ्चबुद्ध युक्त चिभाः अर्थात् चैत्यको परिक्रमा गरिन्छ । पाँच प्रकारका रङ, दिशा, तत्व, स्वभाव, शक्ति, ज्ञान, मुद्रा आदिको व्यावहारिक प्रयोगात्मक अभ्यासमा अभ्यस्त गराइन्छ ।

डागिं वनेगु

इन्द्रजात्राकै अवसरमा डागिँ वनेगु इन्द्रकी आमा वसुन्धरालाई घुमाउने परम्परा नेवार समुदायमा छ । कुमारी यात्राको पहिलो दिन बेलुका काष्ठमण्डपको भुतिसतबाट डागिँ शुरु गरिन्छ । डागिँ अर्थात् वसुन्धरालाई ‘बोधिसत्व’को स्वरुप धारणा गर्न लगाई डागिंका साथमा मृतकको नाममा सतबीज छर्दै चैत्य आकारमा परिक्रमा गर्दै मृतकको सुखावती भुवनवासको कामना गरिन्छ । काठमाडौँका नेवार समुदायले एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा डागिँ अर्थात् वसुन्धराको वस्त्र समातेर नगर परिक्रमा गर्छन् । यसरी नगर परिक्रमा गर्दा मरेका आफन्त इन्द्रकी आमासँगै स्वर्गमा पुग्छन् भन्ने धार्मिक विश्वास छ ।

किंवदन्तीअनुसार देवराज इन्द्रले बगैंँचाको मालीसंँग नसोधी काठमाडौँको मरु टोलस्थित ख्यःक्यबमा रहेको पालिजा स्वाँ ९पारिजातको फूल टिपेर लैजाने क्रममा फूल चोरेर लगेको ठानी येँलाथ्व द्वादशीका दिन स्थानीयवासीले तान्त्रिक विधिबाट पञ्चसूत्रका आधारमा इन्द्रलाई बाँधेर बन्धक बनाएका थिए । यँलाथ्व द्वादशीको दिनदेखि नेपालमण्डलका चोक, गल्लीका साथै यःसिंलिँगो ठ्ड्याइएको स्थान, काष्ठमण्डप र इन्द्रचोकमा हात्तीमा विराजमान देवराज इन्द्रलाई पञ्चसूत्रले बाँधेर प्रदर्शन गर्ने प्रचलन अद्यापि छ ।

बहुमत यंकेगु

इन्द्रजात्रा अर्थात् कुमारीको रथयात्राको पहिलो दिन राति गरिने जात्रालाई बहुमत अर्थात बौमत भनिन्छ । डागिं जात्रा सम्पन्न भएलगत्तै राति झण्डै ११ बजेतिर मानन्धर समुदायले काष्ठपण्डपको भुतिसत्तलबाट बौमतको यात्रा शुरु गर्ने चलन छ । बाँसले बनाइएको ३० फीट लामो नर्कटको खटमा रहेको माटाको पालामा बत्ती बालेर कुमारीको मार्गमा नगरपरिक्रमा गराइन्छ । यसबेला युवाले हाःहुः गरी निकै होहल्ला गर्नुपर्ने प्रचलन छ ।

यंकिदह मेला

डागिं तथा बौमतको जात्रापछि बहुमत दर्शन गरेपछि दहचोकस्थित इन्द्रदहमा स्नान गर्ने चलन छ । द्वादशीदेखि प्रारम्भ भएको कुमारीघर अगाडिको दश अवतार, भक्तपुरको महाकाली प्याखँ९नाच सबः भक्कु प्याखँ, ख्याः प्याखँ ९ख्याःकको नाच , लाखे प्याखँ राक्षसको नाच, पुलुकिसी प्याखँजस्ता नाच पनि प्रदर्शन हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *