समाचार

कञ्चनपुरमा ७ वर्षीया बालिकाको कक्षाकोठामै बलात्कार

काठमाडौं ५ असोज । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ७ वर्षीया बालिकालाई कक्षाकोठामै बलात्कार गरेको आरोपमा सोही नगरपालिका-१ का १० वर्षीय बालक पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका-१ बंकस्थित कालिका माविमा कक्षाकोठामै ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ती बालक पक्राउ परेका हुन्। स्कुल बिदा भइसकेपछि बिहीबार अपराह्न कक्षाकोठामै १० वर्षीय बालकले ७ वर्षीया बालिकालाई बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

बालिकाले आफूलाई बलात्कार गरेको भनी प्रहरीलाई जानकारी गराएपछि प्रहरीले ती बालकलाई पक्राउ गरेको हो।

कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए। बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट पछि मात्रै बलात्कार हो÷होइन खुल्ने उनले बताए। उनका अनुसार बालिकाको गुप्तांगमा रगत देखिएको छ।

प्रहरीले पक्राउ परेका बालकको नाम गोप्य राखेको छ। बालिका कक्षा २ र बालक कक्षा ६ मा एउटै विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। कानुनतः बालकलाई हिरासतमा राखेर अनुसन्धान गर्न मिल्दैन।

जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले बालिगको हकमा बाल सुधार गृहमा राख्नुपर्ने अथवा परिवारको जिम्मा लगाएर अनुसन्धान गर्नुपर्ने कानुनी व्यवस्था रहेको बताए। तर, कञ्चनपुरमा बालसुधारगृह नभएकाले पक्राउ परेका बालकलाई परिवारकै जिम्मा लगाएर प्रहरीले अनुसन्धान गर्नुपर्ने देखिन्छ। अन्नपूर्णपोष्टबाट

Comments

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *