समाचार

धानखेतीका लागि अत्यावश्यक युरिया मलको सटेज,किसान परे मार्कामा

रत्ननगर । चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् ।

अनुदानित मल अभाव भएपछि किसानले निजीस्तरबाट आएको मल चर्को मूल्य तिरेर खरीद गर्न बाध्य भएका छन् । चितवनमा भदौ महिनामा एक हजार ५०० मेट्रिक टन मल खपत हुने कृषि सामग्री कम्पनी लिमिटेड चितवनका प्रमुख रवीन्द्र गौतम बतान्छन।

तर साउनदेखिनै अनुदानित मल अभाव हुँदा किसानले दोब्बर पैसा तिरेर एमोनियम सल्फेट चिनी मल खरीद गर्न बाध्य भएका प्रमुख गौतमको भनाइ छ ।

जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले मलको आपूर्ति गर्नेगर्छ । तर दुवै स्थानमा मल सकिएपछि किसान समस्यामा छन् । जसका कारण मलको कालोबजारी हुनसक्ने आशङ्का बढेको छ ।

अनुदानित युरिया मलको मूल्य प्रतिबोरा रु ७६५ छ र तर गैर अनुदानित चिनीमल एक हजार ३०० माथि छ । मल अभाव भएपछि किसानलाई सहजताका लागि प्रतिबोरा रु २५ घटाएर एक हजार ३३५ मा एमोनियम सल्फेट बिक्री गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनका प्रमुख वुद्धिविनोद दाहाल बताउन्छन ।

चितवनमा साउन १५ सम्म मात्रै मल बिक्री भएको र त्यसपछि नआएको दाहले जानकारी गराए । विगतको स्टक मल सकिएको र नयाँ मल ल्याउने प्रक्रिया चलिरहेकाले यहाँ मल आउन अझै समय लाग्ने उनले जनाए ।

यद्यपि कृषि सामग्री कम्पनी लिमिटेड चितवनका अनुसार मल खरीद प्रक्रिया भएर भारतबाट पठाइ सकिएको र भन्सार आउन बाँकी रहेकाले ३,४ दिनमा नै मल आपूर्ति हुने दाबी गरेको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *