समाचार

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता र कार्वाही एकैसाथ : गृहमन्त्री थापा

चितवन, २५ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अपराधी भएकाले पक्राउ गर्नु परेको स्पष्टिकरण दिएका छन्।

गृहमन्त्री थापाले चन्दा आतंक र राज्यविरुद्ध ध्वंसात्मक गतिविधिजस्ता गैरकानुनी काम गरेकाले सरकारले प्रकाण्डलाई पक्राउ गरी कानुनी कार्वाही सुरु गरेको प्रष्टयाएका हुन्। उनले सरकारले गैरकानुनी क्रियाकलापमा संलग्न जोकोही पनि कार्वाही गर्ने चेतावनी समेत दिए।

संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले ध्वंसात्मक गतिविधिमा संलग्न चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता र कार्वाही एकैसाथ अघि बढाउने नीति लिएको पनि स्पष्ट पारे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *