पत्रपत्रिकाबाट
उपभोग्य बस्तुमा विषादी प्रयोग गरे ५ वर्ष कैद

काठमाडौं २३ साउन । विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र बिक्री गर्नेलाई अब ५ वर्षसम्म कैद हुने भएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता हक संरक्षण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानि पुर्याउनेलाई कारबाही व्यवस्था गरिएको हो ।
राति उज्यालो देखिने, आँखालाइ असर नगर्ने, अगाडी गाडीको हेडलाइटले असर नगर्ने र दिउसो पनि लगाउने मिल्ने Rs 499/-Rayban…
Posted by AB'z Shop on Tuesday, August 7, 2018
संविधानको मौलिक हक अन्तर्गत रहेको ‘उपभोक्ताको हक’ कार्यान्वयनका लागि ल्याउन लागिएको विधेयकमा तोकिएको गुणस्तरभन्दा घटी वा बढी भएको कुनै वस्तु र सेवा उपभोग गरेर उपभोक्तालाई नोक्सानी भएमा कसुर गरेको मानिने उल्लेख छ ।
उपभोग्य वस्तुको मात्र नभई विद्युत, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, यातायात, ढल निकास, बैंकिङ, वकालत, चिकित्सा, इन्जिनियरिङ सेवासमेत यो विधेयकमा समेटिएको छ । यस्ता कुनै पनि संस्थाले प्रदान गर्ने सेवाको मूल्य, गुणस्तर, सेवा उपलब्ध गराउने स्थान र समय उल्लेख नगरी सेवा प्रदान गरेमा बढीमा ५ वर्ष जेल र ६ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । –कान्तिपुर दैनिकबाट




