समाचार

राज्यले अपहरण गरेर काठमाण्डौ लगेर मेरो अभियान तुहाउँदै छ । : डा. केसी

साउन ३, काठमाण्डौ । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले बिहीबार बिहानै हेलिकोप्टर पठाएको थियो ।

केसीले पत्रकारहरुका लागि दिएको अडियो सन्देशमा यस्तो भनेका छन् ।

“सुन्नमा के आएको छ भने मलाई राज्यले अपहरण गरेर काठमाण्डौ लगेर मेरो अभियान तुहाउँदै छ । यदी मेरो स्वास्थ्यप्रति राज्य चिन्तित छ भने मेरो माग पूरा गर्नतिर लाग्नुपर्यो ।

मेरो माग पूरा गर्नुपर्छ, त्यो भयो भने त म अनशन तोडिहाल्छु नि । तर मेरो लागि यो पवित्रस्थल हो । चन्दननाथ बाबाको काखमा बसेर अनशन बसिरहेको छु । जबसम्म माग पूरा हुँदैन, तबसम्म मेरो अनशन जारी रहन्छ । मेरो नागरिक अधिकार खोस्ने अधिकार कसैसँग छैन । यस्तो गुण्डागर्दी चल्दैन ।

यो सरकार जनताको हकहितको विरुद्धमा छ । म जनताको हकका लागि लडिरहेको छु । राज्यपक्ष माफिया, डन र अधिनायवाद पोस्नतिर लागेको छ । त्यसको विरुद्धमा लडेको हुँ । माफिया, डन र अधिनायवादको हार हुन्छ, जनताको जित हुन्छ । धन्यवाद ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *