समाचार
काठमाडौंमा टिपर आतंक: १८ वर्षिया अनुजा घिमिरेको मृत्यु

काठमाडौं, ३० असार । सरकारले उपत्यकामा बिहान पाँच बजेदेखि राति आठ बजेसम्म टिपर चलाउन रोक लगाएको एक साता नबित्दै राजधानीको सोल्टीमोडमा टिपरको ठक्करबाट १८ वर्षिया अनुजा घिमिरेको मृत्यु भएको छ ।
राजधानीको सोल्टीमोडमा ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घाइते छन् ।


