समाचार
मदिरा सेवन गरी श्रीमतीको हत्या

धनगढी : कैलालीको लम्की चुहा नगरपालिका ९ प्रतापुरमा धारिलो हतियार प्रहार गरी एकजना व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। प्रतापुरका ३५ वार्षीय इन्द्र चौधरीले आफ्नै श्रीमती गर्भी चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए। बुधबार राति दुवैजनाले मदिरा सेवन गरेको र त्यसपछि विवाद हुँदा श्रीमतीको हत्या गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए। प्रहरीलाई चौधरीले श्रीमतीको सडकमा लडेर ज्यान गएको बताएका थिए। ‘हामीलाई उनले सडकमा लडेर ज्यान गएको बताएका थिए, अनुसन्धानपछि उनैले हत्या गरेको खुल्न आएको छ, प्रहरी उपरीक्षक घिमिरेले भने। श्रीमतीको हत्या गर्न चौधरी प्रहरी नियन्त्रणमा रहेका छन्।
