समाचार

सिंगो दल नै संसद बैठकमा अनुपस्थित

पोखरा– आइतबारको प्रदेशसभा बैठकमा दोस्रो ठुलो प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चाका कुनै पनि प्रदेशसभा उपस्थित भएनन्। संसदीय दल नै अनुपस्थित भएको यो पहिलो घटना हो। आइतबार जनमोर्चा नआएतापनि सदनमा भने प्रदेशको महत्वपूर्ण राजधानीको विषयमा छलफल भयो।
बैठकमा अनुपस्थित हुने विषयमा भने राजमोले जानकारी गराएको थियो। बैठकको कार्यसूची तयार गर्ने कार्यव्यवस्था परामर्श समितिका सदस्य समेत रहेका राजमोका प्रदेशसभा सदस्य कृष्ण थापा श्रीमती बिरामी भएका कारण काठमाडौं थिए। बैठक भेट्नको लागि आइतबार बिहानको पहिलो प्लेनको टिकट लिएतापनि प्लेन नआएका कारण उनी बैठकमा आउन सकेनन्।
‘बिहान साढे आठ बजेको फ्लाईट थियो, पहिलो जहाजमा नै पोखरा आएपछि बैठकमा सहभागी हुने भनेको थिएँ, तर १ बजेसम्म कुर्दा पनि प्लेन उडेन’ थापाले भने, ‘जहाजले ढिलाई गरेकै कारण बैठकमा आउन सकिन्।’ बैठकमा अनुपस्थितीको अन्य कारण नभएको उनले बताए।
अर्का सदस्य पियारी थापा पनि काठमाडौंमा नै थिइन्। आइतबारको बैठक भेट्ने गरि बिहानै काठमाण्डौबाट हिँडेतापनि गाडीले ढिलाई गरेका कारण उनले बैठक भेट्न सकिनन्।
टेकबहादुर थापा पनि बैठकमा आएनन्।
बैठकमा नेकपा, नेपाली कांग्रेस र नयाँ शक्ति नेपाल भने बैठकमा सहभागी थिए। कांग्रेस र नयाँ शक्ति पार्टी प्रतिपक्षी दल हुन भने प्रतिपक्षमा रहेतापनि राजमोले सरकारलाई विश्वासको मत दिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *