मनोरञ्जन

‘कति राम्रो दमाइको छोरो’ ट्रेडिङमा, चर्चा चुलिदै

काठमाडौं, १५ असार । नेपाली समाज परिवर्तन हुने क्रममा छ । निक्कै लामो समयसम्म अन्याय र अत्याचारले जरा गाढेको हाम्रो मुलुक विभिन्न आन्दोलनहरुले स्थिपित गरेका मान्यताहरुको अनुभुत गराउने मार्गमा छ ।

समकालिन नेपाली समाजको सत्कर्मबाट स्थापित परिवर्तन र प्राप्त अधिकारहरुको हकदार कुन पक्ष र कुन वर्ग हुने ? भन्ने प्रश्न भने खडा नभएको होईन ।

केही अधिकार कर्मीहरुले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनार्थ सबै समुदायको केही न केही भूमिका खेलेको कुरा लुकाउन मिल्दैन । अनुपातमा गठजोडका आधारमा भन्ने हो भने २००३ साल सालमा नेपाली काँग्रेसले चलाएको ट्याङ्कर आन्दोलन होस् या २०५२ सालमा तात्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्ध होस्, ति आन्दोलनहरुमा नेपालका दलित वर्गहरुले पुर्याएको योगदानको जति नै प्रसंशा गरेपनि कम हुन्छ ।

दलित शब्द जात नभएर विभेद हो । अन्याय हो । अत्याचार हो । दमनकारी शब्द हो । यो कुरा धेरै समाचार माध्ययममा लेखिसकेको छु । मैले अनुभूति गरेको कुरा नेपाली राजनीतिक परिवर्तन र प्राप्त अधिकारहरुको सन्दर्भमा हकदार हुनुपर्ने वर्ग नै पुनःपछाडि परेको छ । तथापि केही अधिकारहरु दलित वर्गको हितमा छन् । जति हुनुपर्ने थियो त्यति नहुनुमा केही त्रुटिहरु छन् ।

हाम्रै सम्झनामा १० वर्षे जनयुद्ध र दोस्रो जनआन्दोलन सम्पन्न भयो । जुन आन्दोलनको एउटै मक्सत दबाईएका, पछि पारिएका, पीडित, उत्पीडित र विभेदको रेखामूनि रहेका नागरिकहरुको मुक्ति नै थियो ।

कुनै न कुनै शक्तिको हातमा पर्ने गरेको नेपालको राज्य व्यबस्था आजको दिनसम्म पीडितहरुको पक्षमा पर्न भने सकेको छैन् यो यर्थातता हो । उत्पीडितहरुको नाममा धेरै व्यक्ति र राजनीतिक दलहरु बने तर उत्पीडनको मार खेप्ने समुदाय कहिल्यै परिवर्तन भएन ।

वि.स २००३ सालमा देवव्रत परियार नेपाली राष्ट्रिय कांग्रेस र २००५ सालमा आर.वी.गहतराज प्रजातान्त्रिक कांग्रेसमा आवद्ध भएर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई गति प्रदान गर्न दलित समुदायका तर्फबाट योगदान दिएको योगदान कम थिएन् । र समाजवाद स्थापना गर्नको लागि पनि दलित वर्ग, उत्पीडित वर्ग, अल्पसंख्यकहरुको कुनै कमि हुुनुहुँदैन ।

केही दिन अघि जारमा आएको एउटा लोक तथा दोहोरी गीतले जन्माएको प्रशंगले उब्जाएका अक्षरहरु माथि उल्लेख गरेको हुँ । संघीय राजधानी अनामनगर स्थित आलाप रेकर्डिङ स्टुडियोले नयाँ कामको थालनि गरेको छ ।

नेपाली लाक तथा दोहोरी गीतको संरक्षण सम्वद्र्धन एवम् बिकास रविस्तारमा टेवा पुर्याउने उद्देश्य लाईभ दोहोरी प्रस्तुत गर्दै आएको छ । प्रस्तुतिको पाँचौ भागमा आलाप स्टुडियो र स्टुडियो सञ्चालक, गायक, संगीतकार झलक संगीतमको परिकल्पनामा ‘कतिराम्रो दमाईको छोरो’ बोलको गीतमा लोकप्रिय गायक राजु परियार र टिका पुनलाई अतिथि कलाकारको रुपमा उतारेको थियो ।

उक्त गीत यो समाचार तयार पार्दासम्म १४ नम्बर यटुव ट्रेनिङमा छ । सन्देश मुकलक कामको बारेमा नेपाली समाज जान्न आतुर देखिदैन जति रोईकराई, पुराना विषयहरुको बारेमा जति जान्न ईच्छुक हुन्छ ।

नेपाली समाज परिवर्तनको मार्गमा विस्तारै हिड्दैछ । आज पनि केही जातिगत विभेद र अत्याचारका समाचारहरु सुनिदैछन् । विस्तारै कम हुन्छन्, यसमा दुइमत छैन् । समाजवादी राज्य व्यबस्थामा एउटा दलितको छोरो अन्य जातकी छोरीको हात माग्न सकोस् ।

एउटा अन्य जातको छोराले दलितको छोरीको हात माग्न सकोस् । हामीले परिकल्पना गरेको वर्गविहिन समाजवादले यहि कामना गर्छ । हाम्रै जीवनमा यस्ता दृश्यहरुको तस्बिर खिच्न पाईयोस् । केही हदसम्म उल्लेखित कुराहरु लागू भईसकेका छन् ।

आमुल परिवर्तनको ओकालत गर्नेहरुको लागि त्यतिले मात्रै पुग्दैन । जात गौण कुरा हो, जातले कुनै पनि विभेद बोक्दैन । जात परिचय होईन । जीवन फरक छ । सत्य फरक छ । जात केवल चल्ती हो । चाहेको व्यक्तिले लेख्न सक्छन् । जातको विश्वास नगर्ने मानिसले जात नलेख्न सक्छन् । यसमा राज्यले कानूनि रुपमा पूर्ण छुटदिनुपर्छ ।

अर्को तर्फ दलित समुदायले सिल्पि भन्दा पनि राज्य व्यबस्थाको बारेमा चिन्तन मनन् गर्न जरुरी छ । केही वर्ष यता दलित समुदायका मानिसहरुले फरक जातसँग जोडेर आफ्नो परिचय बनाएको कुरा सत्य हो । अबका दिनहरुमा दमाईको छोरो भन्दा गर्व गर्ने समय आउनेछ । कामी भन्दा गर्व गर्नुपर्छ । जति नै अरु जातिले आफ्नो जातको बारेमा गर्व गर्छन् ।

अरु जातका मानिसले आफ्नो जात, थरको बारेमा गर्व गर्न मिल्ने दलित समुदायलाई आफ्नो जात गर्व गर्न लायक नहुने हुन्छ ? स्वयमले घृणा गर्ने चिजलाई अरुबाट माया पाउछ ? स्वयम आफैले कामीको छोरा, छोरी भन्दा अरुले हेप्ने र घृणा गरेर सम्बोधन गर्ने स्थिति हुन्छ ? समयले कोल्टो फेरेको छ अब आफ्नो पहिचानको माया आफैले गर्नुपर्छ । विभेद र अत्याचार हुनेगरि गरिएको जातिय सम्बोधनलाई कानूनि उपचार खोज्दै प्राप्त अधिकारलाई उपभोग गर्दै आलापले निकालेको दोहोरीको मर्मलाई हृदयमन गर्नुपर्छ ।

अधिकारको हकमा, परिवर्तनको हकमा, राज्यको रक्षा, राष्ट्रियताको पक्षमा उभिन कुनै पनि कसर बाँकि राख्नु हुँदैन । आत्म निर्भर भएर अघि बढ्नुपर्छ । समाजको नजर बद्लिने क्रममा छ । सबै जातजात फूल हुन । समाजका आँखाहरुले कुनैलाई काँडा देख्छन् कुनैलाई फूल देख्छन् । फरक यति हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *