खेलकुद
नाइजेरियाले फर्कायो दोस्रो हाफमा बराबरी गोल

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को खेलमा अर्जेन्टिनाविरुद्ध नाइजेरियाले गोल फर्काएको छ ।
नाइजेरियाका खेलाडी भिक्टोर मोसेसले दोस्रो हाफको ५१ औं मिनेटमा अर्जेन्टिनाविरुद्ध गोल फर्काएका हुन् ।
त्यस्तै खेलको पहिलो हाफमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका थिए ।


