जुम्लाको गुठीचौर वडाध्यक्षको कुटाइबाट वृद्ध घाइते

अ+
अ
अ-

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–५ का वडाध्यक्ष चन्द्रबहादुर नेपालीले आफ्नो कार्यकक्षको टेबलमा राखिएको नेमप्लेटले हान्दा सोहि वडाका ६९ वर्षीय बृद्ध हरिबहादुर खत्री घाइते भए दैनिकले छापेको छ ।समाचारका अनुसार टाउकोमा चोट लागेपछि खत्रीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।आजको नयाँ पत्रिका दैनिकमायो खबर रहेको छ ।