प्रधानमन्त्रीले चीन भ्रमणबारे भोलि संसद्लाई जानकारी गराउनुहुने

lj1fg, ;"rgf tyf k|ljlw /fli6«o o'jf ;Dd]ng k|wfgdGqL s]kL zdf{ cf]nL /fli6«o o'jf kl/ifbn] z'qmaf/b]lv sf7df8f}Fdf cfof]hgf u/]sf] …k|yd lj1fg, ;"rgf tyf k|ljlw /fli6«o o'jf ;Dd]ngÚnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
अ+
अ
अ-

काठमाडौँ, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउनुहुने भएको छ ।

उहाँ चीनको छदिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्कनुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउनुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भ्रमणबारे आज प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उहाँको निजी सचिवालयले जनाएको छ ।-रासस