अ+
अ
अ-
काठमाडौं। सोमबार साँझ निधन भएका वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको काजक्रिया सात दिनमा नै सम्पन्न गरिने भएको छ।
देवकोटाको निधनपछि अस्पतालले जारी गरेको विज्ञप्तिमा देवकोटाको काजक्रिया सात दिनमा सम्पन्न गरिने उल्लेख छ। देवकोटाको काजक्रिया उनकी श्रीमती डा. मधु दीक्षित देवकोटा र तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ।
‘काजक्रिया उहाँको निवास हेपाली हाइटमा उहाँकी श्रीमती डा. मधु दीक्षित देवकोटा र तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्नुहुनेछ। उहाँको काजक्रिया सात दिनमा सम्पन्न गरिने छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै देवकोटाको पशुपति आर्यघाटमा विद्युतीय माध्यमबाट दाहसंस्कार गरिने अस्पतालले जनाएको छ।


