खेलकुद

इरानलाई आत्माघाती गोलको उपहार

रुस – दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोका अजिज बोहादुजले आत्माघाती गोलको उपहार दिएपछि इरानले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

सेन्ट पिटर्सबर्गमा शुक्रबार सम्पन्न दोस्रो खेलमा इरानका खेलाडीले प्रहार गरेको बल हेडले क्लियर गर्न खोज्दा बोहादुजले आत्माघाती गोल गरेका थिए। इन्जुरी समयमा पाएको उपहार गोलका कारण इरान महत्वपूर्ण ३ अंक जोड्न सफल भएको हो।

दुवै टोलीले खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेपनि बललाई पोष्टको दिशा दिन सकेनन्। इरानले खेलका दौरान गोल गर्ने केहि सुन्दर अवसर पाएपनि फिनिसिङमा चुकेको थियो। मोरक्कोले पनि पाएका अवसर सदुपयोग गर्न सकेन।

विश्वकप फुटबलमा यि दुई राष्ट्र पहिलोपल्ट आमनेसामने भएका हुन। मोरक्को सन् १९९८ पछि विश्वकपमा फर्केको हो। अफ्रिकी छनोट प्रतियोगिताको चरणमा एक गोल पनि नखाई रसिया यात्रा तय गर्ने राष्ट्र मोरक्को एक्लो टोली हो।

यद्यपी आजको खेलमा भने उ पराजित हुन पुग्यो। पहिलो पटक १९७० मा विश्वकपमा खेलेको मोरक्कोले विश्वकपमा आफ्नो चुनौती पेस गरेको यो पाँचौ पटक हो। यता इरान भने एसियाको सशक्त राष्ट्र हो। तरपनि आज उसले सोचेअनुसारको खेल देखाउन भने सकेन्।

प्रतियोगिताको अन्तर्गत आजको तेस्रो खेलमा राती ११ः४५ मा स्पेन र पोर्चुगल भिड्दैछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *