समाचार

राप्रपाको कित्तामा कांग्रेस नआए प्रजा परिषद हुन्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेसलाई पनि राप्रपाको कित्तामा आउन आह्वान गरेका छन् । कांग्रेसले बेलैमा आफ्नो वैचारिक कित्ता स्पष्ट नगरे प्रजा परिषदको हैसियतमा पुग्ने दाबी गरे ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आयोजनामा हेटौंडामा आयोजित प्रदेश ३ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा थापाले राप्रपाको अबको बाटो संगठन निर्माण, जनपरिचालन र जनसंघर्ष रहेकोले सकृयतापूर्वक संगठन सुदृढीकरणमा केन्द्रित हुन युवाहरुलाई आग्रह गरे ।

अब निराशाको चरण समाप्त भइसकेको भन्दै उनले गाउँगाउँमा संगठन विस्तारमा जुट्न सहभागि युवाहरुलाई निर्देशनसमेत दिए ।

यता, थापाले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरी नियमावली पारित गरेर राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको आरोप लगाए ।

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने कानुन बन्नु अत्यन्तै आपत्तिजनक र घोर भत्सर्नायोग्य भएको बताए । थापाले उक्त कानुन बन्नुले अपराधीकरणलाई प्रोत्साहन गर्ने, र अपराधीहरु राजनीतिमा क्रियाशिल हुने भएकोले देश अराजकतातर्फ धकेलीने दाबी गरे ।

नेपालको विकास गर्न धर्म संस्कृतिलाई नष्ट गर्नु पर्दैन भन्ने वैचारिक कित्तामा राप्रपा अडिग भएको र धर्म संस्कृतिलाई नष्ट गर्नु पर्छ भन्ने वैचारिक कित्तामा नेपाल कम्युनिष्ट पार्टी भएकोले यही वैचारिक कित्ताबीच अब संर्घष हुने उनको धारणा थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *