मनोरञ्जन
अमेरिका बोइजलाई तारिफ

तीनजना उरन्ठेउला युवाको सोच र जीवनशैलीलाई पर्दामा उतारिएको फिल्म ‘अमेरिका बोइज’को शुक्रबार प्रेस सो गरियो । शुक्रबारदेखि नै प्रदर्शनमा आएको फिल्मले सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
कमेडी र सेन्टिमेन्ट्सले भरिएको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा अर्पण थापा, सुनील थापा, हरिहर शर्मा, अभय बराल, सृष्टि कार्की, रमा थपलिया, सुभास गजुरेल, आशिष प्रसार्इं, सन्दीप क्षेत्रीलगायतले अभिनय गरेका छन् । प्रकाश भुजेल र इन्द्रप्रसाद खरेल निर्माता रहेको फिल्ममा विदेश जान बाध्य युवाको मनोवृत्ति प्रस्तुत गरिएको छ ।
