समाचार

जडीबुटी खेतीबाट युवालाई रोजगारी : मन्त्री बस्नेत

ठमाडौँ, ६ जेठ (रासस) : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकार कर्णाली प्रदेशलाई जडीबुटीको हबकारुपमा विकास गर्नेगरी योजना निर्माणमा जुटेको बताउनुभएको छ ।

कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदसँग आज भएको सामूहिक भेटमा उहाँले कर्णालीका जिल्लामा जडीबुटी खेती तथा प्रशोधन केन्द्रमार्फत रोजगारीका अवसर सिर्जना गरिने बताउनुभयो ।मन्त्री बस्नेतले भन्नुभयो, “कर्णाली प्रदेश जडीबुटी खेतीका हिसाबले मुलुककै सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो, कामका लागि मलेसिया र खाडी मुलुक जानुपर्ने बाध्यतामा रहेका युवालाई जडीबुटीको विकासमार्फत रोजगारी दिन सकिन्छ ।”
आगामी आर्थिक वर्षको बजेटमा जडीबुटीको नर्सरी र प्रशोधन केन्द्र स्थापनाका लागि बजेटको व्यवस्था गर्न लागिएको जानकारी गराउँदै उहाँले कर्णालीमा यार्सागुम्बा, जटामसी, टिमुर, कुरिलोलगायत बहुमूल्य जडीबुटी खेती गर्न सकिने र त्यसका लागि मन्त्रालयले टोली नै खटाएर अध्ययन गरिरहेको बताउनुभयो ।

भेटमा मन्त्री बस्नेतले कर्णालीको रारा क्षेत्रलाई आधार बनाएर पर्यटन पूर्वधार निर्माण गरिने, कर्णालीका हरेक वडामा एक उपस्वास्थ्य चौकी तथा गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *