टुकी न्युज विशेषविश्वसमाचार
जानकी मन्दिरमा नेपालकाे झण्डा फालेर भारतकाे झण्डा !

जनकपुर ,१ जेठ । जानकि मन्दिरमाथि भारतकाे झण्डा राखिएकाे छ ।नेपालको प्रसिद्ध तिर्थ-धाम जनकपुरको जानकी मन्दिरमाथि भारतको झण्डा राखेर नेपालको स्वाभिमानमाथि प्रहार गर्ने काम भएको स्थानिएले बताएका छन ।
भारतको झण्डा राखेको थुप्रै समय भैसक्दापनि प्रशासन मौन छ भने त्यहाँका अन्य राजनीतिक दलले समेत यसबारे कुनै चासो देखाएका छैनन् । यता स्थानीय केहि युवा भने उक्त घटनादेखि आक्रोशित भएका छन् । ‘हामीले नेपालको झण्डा राखौं भन्ने कुरा पनि गरेका हौँ ।पहिला दुवै देशको झण्डा थियो, अहिले नेपालको झण्डा फालिएको छ । तर हाम्रो ज्यानमाथि नै ‘रिस्क’ हुने भएपनि हामीले केहि पनि गर्न सकेका छैनौं ।’ स्थानीय नरेन्द्र यादवले भने ।
उक्त ठाउँमा भारत र नेपालको झण्डा भएको तर केहि समयमा नेपालको फालेर भारतको मात्र राखेको स्थानीयहरुको भनाइ छ । नेपालको स्वाभिमानमा यत्रो धक्का पर्दासमेत स्थानीय प्रशासन भने मौन बसेको स्थानियकाे गुनसाे छ ।