समाचार

ओली-मोदीले अरुण तेस्रोको शिलन्यास बैशाख २९ गते गर्ने

काठमाडौं, १९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास हुने निश्चित भएको छ।

संखुवासभा जिल्लामा बन्न लागेको उक्त ९ सय मेघावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले गर्ने कार्यक्रम छ।

यसअघि प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा उक्त परियोजनाको शिल्यान्यास गर्ने भनिएको थियो । तर, त्यो सम्भव भएको थिएन् ।

मोदी वैशाख २८ गते भारतको पटनाबाट जनकपुर आउँदै छन्। उनी नेपालमा २८ र २९ गते बस्ने छन्। २९ गते अरुण तेस्रोको शिलन्यास दुवै प्रधानमन्त्री संखुवासभाको फाक्सिन्डामा पुग्ने छन्।

उक्त आयोजनाको शिलन्यास वैशाख २९ गते दुवै प्रधानमन्त्रीले रिमोट थिचेर गर्ने लगानी बोर्डका एक कर्मचारीले बताए। शिलन्यासको सम्पूर्ण तयारी सकिएको पनि उनले बताए। लगानी बोर्ड र सतलज कम्पनी दुवैले शिलन्यासको तयारी सकेर फर्किसकेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *