काठमाडाै, १ वैशाख । साढे तीन वर्षअघि एआईजी बढुवा गर्ने क्रममा सुशील कोइराला नेतत्वको सरकारले बढुवा भएकाहरुले अवकाश पाएपछि ३ जना मात्र एआईजी राख्ने निर्णय गरेको थियो।
तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यो निर्णय उल्टाइदियो। १५ जना डिआईजीलाई एआईजी बनाइयो।
१५ जनाले नै गत बुधबारदेखि अवकाश पाएका छन्। नेपाल प्रहरीमा हाल प्रशासतर्फ एक जना पनि एआईजी छैनन्।
अब प्ररहीमा कतिजना एआईजी राख्ने भन्ने बहस फेरी सुरु भएको छ।
एआईजीको दरबन्दी कति राख्ने भन्ने अन्योलताका कारण तत्काल एआईजी बढुवा प्रक्रिया सुरु हुने सम्भावना छैन।
गृह मन्त्रालयका सचिव प्रेम कुमार राई एआईजीको दरबन्दी कति राख्ने भन्ने बारे छलफल भइरहेको बताउँछन्। दरबन्दी टुंगो लगाएर केही दिनमै बढुवा गरिने उनको भनाई छ।
रमेश खरेलले राजिनामा दिएपछि पुष्कर कार्की १ नम्बरमा एआईजी हुने निश्चित छ। त्यसपछि उत्तम कार्की, मनोन नेउापने, ठुले राई, लगायत एआईजी हुने दौडमा छन्।


