मनोरञ्जन
अभिनेत्री करिश्मा मानन्धरको ९ कक्षामा कति प्रतिशत आयो ?

काठमाडौं । पिएचडी सक्ने लक्ष्य लिएर विद्यालय अध्ययनलाई निरन्तरता दिन थालेकी सदावहार अभिनेत्री करिश्मा मानन्धरले यस वर्ष १० कक्षाको परिक्षा (एसईई) दिने भएकी छन् । उनले मैतिदेवीको त्रिवेणी स्कुलबाट कक्षा ९ पास गरेकी छन् ।
उनले सोचे भन्दा राम्रो प्रतिशत ल्याएर पास गरेको बताइन् । तर, कति प्रतिशत आयो त्यसबारे जानकारी दिएकी छैनन् ।
नयाँ शक्ति नेपालबाट राजनीतिमा पनि सक्रिय रहेकी करिश्माले यस वर्ष एसईईको तयारी गर्ने बताएकी छन् । कडा मिहेनत गरेर पढ्ने, विद्यालयबाहेक कोचिङ र ट्युशन समेत लिने विचारमा छिन्, उनी ।
कक्षा ८ को अध्ययनका क्रममा उनले अभिनयलाई अँगालेपछि अध्ययन अधुरो थियो । ३० वर्ष नेपाली फिल्म उद्योगमा नाम कमाएपछि गत वर्ष उनी विद्यालय भर्ना भएकी थिइन् ।
नजानेका विषयमा विद्यालयका आफ्ना सहपाठीसँग सिक्ने गरेकी उनले कहिलेकाहीँ मात्र कक्षा छुटाउने गरेकी छन् ।


