समाचार

नदीको अनधिकृत उत्खनन सरकारले टुलुटुलु हेरेर बस्दैन : राज्यमन्त्री बास्कोटा

 

२५ चैत्र २०७४, आईतवार

काभ्रे । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले नदीजन्य वस्तुको अनधिकृत रुपमा भएको उत्खनन सरकारले टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।

खानी र पानी एकै ठाउँमा सम्भव नहुने भन्दै राज्यमन्त्री बास्कोटाले कानुन मिचेर भइरहेका नदीजन्य वस्तु उत्पादन बन्द गर्ने बताएका हुन् ।

काभ्रेको दोलालघाटमा प्रदेशस्तरीय महोत्सवको उद्घाटन गर्दै उनले आउँदो आर्थिक वर्षदेखि पानीका स्रोतमा भएको दोहनलाई रोक्ने जिकिर गरे ।

उनले भने ‘कहिँ पानी कहिँ खानी गर्ने हो, पानीभित्रका सम्भावनालाई क्षति हुने गरी कुनै पनि वस्तु उत्पादनमा अब सरकारले रोक लगाउँछ, अनाधिकृत रुपमा भएको नदीमा भएको दोहन अब टुलुटुलु सरकार हेरेर बस्दैन ।’

प्रदेश स्तरीय महोत्सव दोललाघाटमा सुरु

स्थानीय दुदालेश्वर युवा क्लबको आयोजनामा काभ्रे र सिन्धुपाल्चोकको संगमस्थल दोलालघाटमा प्रदेश नं.३ स्तरीय महोत्सव सुरु भएको छ । नयाँ वर्षमा आन्तरिक पर्यटन बढाउने उद्देश्यका साथ महोत्सव सुरु गरिएको अध्यक्ष अष्ट श्रेष्ठले बताए ।

महोत्सवमा २० हजार भन्दा बढी आन्तरिक पर्यटक आउने आयोजकले दावी गरेको छ । काभ्रे, सिन्धुपाल्चोक, दोलखा, काठमाडौ, भक्तपुर लगायतका ठाउँबाट अवलोकनकर्ता महोत्सवस्थलमा आउने अनुमान गरिएको छ ।

महोत्सवमा २ करोड रुपैयाँ भन्दा बढीको कारोबार समेत हुने आयोजकले बताएको छ । महोत्सवको मुख्य आर्कषणका रुपमा इन्द्रावतीमा र्‍याफ्टिङ, बालउद्यान, र अन्य विभिन्न खालका स्टलहरु रहने छन् । महोत्सव बैशाख ३ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *