समाचार

पिकअप दुर्घटनामा १ को मृत्यु ५ घाइते

इलाम / इलाम नगरपालिका-४ सिम्लेमा बिहीवार पिकअप दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहिवार दिउँसो ताप्लेजुङबाट ईलाम तर्फ आउँदै गरेको सडक बिभाग ताप्लेजुङको बा १ झ ९८९८ नम्बरको जिप ब्रेक फेल भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार ५ जना नै गम्भीर घाईते भएका थिए । घाईतेहरुलाई घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि झापा स्थित बि.एण्ड.सि. अस्पताल पठाएकोमा उपचारको क्रममा तेह्रथुमकी ५० बर्षीया जानुका योङहाङको राती ८ बजे मृत्यु भएको हो । सोही दुर्घटनामा परी फुङलिङ नगरपालिका-५ का ७४ बर्षीया धनमाया लिम्बु, नुवाकोट ककनी गाउँपालिका-५ को १८ बर्षीय जंग तामाङ र सोही स्थानका जिप चालक २६ बर्षीय रितिक लामा तथा लेलेप गाउँपालिका-२ का ४५ बर्षीय पेम्बा शेर्पाको सोही अस्पतालमा उपचार भईरहेको जनाइएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *