समाचार
गंगामायाको युरोप यात्रा : न्यायका लागि कि डलरवादीको चलखेल ?
फागुन ८, काठमाण्डौ । द्धन्दकालमा तत्कालिन विद्रोही माओवादीले आफ्नो छोरा हत्या गरेपछि न्यायका लागि वर्षौदेखि संघर्षरत गंगामाया अधिकारी अन्तराष्ट्रिय अदालतमा जाने भएकी छिन् । नेपालमा न्याय नपाएको भन्दै अधिकारीले अन्तराष्ट्रिय न्यायालयको साहारा लिन लागेकी हुन् । कतिपयले भने गंगामायालाई हतियार बनाएर द्धन्द्धकालिन घटना उचाल्न खोजेको आरोप लगाएका छन् ।

न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न भन्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले राहदानी बनाएकी छन् । न्याय नपाएको भन्दै गत पुस २५ गते पुलचोकस्थित राष्ट्र संघ भवन पुगेकी गंगामायाले आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट राहदानी बनाएकी हुन् । गंगामायाको राहदानी बनाउनका लागि उनको पक्षमा केही अधिवक्ताहरुले लविङ गरेका थिए । राहदानी बनाएपछि गंगामायाले अब न्याय खोज्नका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने बताएकी छिन् । तत्कालीन नेकपा माओवादीले चलाएको जनयुद्धका क्रममा आफ्ना छोराको हत्यारामाथि कारबाही नभएको भन्दै गंगामाया अहिले युरोपका जुनसुकै न्यायलयमा गएर भए पनि न्याय मागेरै छाड्ने बताएकी छिन् ।




