समाचार
अहिलेको ओली सरकारबाट समृद्धि सम्भव छैन : डा भट्टराई
पर्वत, ४ फागुन । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताएका छन् ।

नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत आज पर्वत सदरमुकाम कुश्माबजारमा आइपुगेका डा भट्टराईले लामो समयपछि मुलुकले दुई तिहाइको बहमुत प्राप्त सरकार पाएको भए पनि काम गर्ने सोच र मानसिकता नभएको दाबी गरे ।

