मनोरञ्जन
चित्रमा ‘मिथिला कला’
काठमाडौँ, २२ माघ । कलाका माध्यामबाट भौगोलिक क्षेत्रको पहिचान दिने ‘मिथिला कला’ पछिल्लो समयमा मौलिकतासँगै आधुनिकता जोडेर व्यावसायिक बन्दै गएको छ ।

मिथिलाञ्चल क्षेत्रको घर, आँगनमा कोरिने मिथिला संस्कृति र परम्परा विस्तारै अन्य समाजमा पनि फैलँदै छ । मिथिला क्षेत्रमा दैनिक जीवनमा नभई नहुने उक्त कलाको लोकप्रियता अहिले विश्वभरि नै फैलिएर प्राय महत्वपूर्ण क्षेत्रमा सङ्ग्रहित छ ।

