uncategorized
सरकारी चिकित्सक संघद्धारा केसीसंगका सहमति कार्यान्वयन गर्न आग्रह

काठमाडौं, १० माघ । सरकारी चिकित्सक संघ नेपालले सत्याग्रही डा गोविन्द केसीसंग भएका सहमति कार्यान्वयन गर्न आग्रह गरेको छ ।
बिहीबार बिहान विज्ञप्ति जारी गर्दै संघले गुणस्तरिय चिकित्सा शिक्षाको सर्वसुलभताको लागि डा केसी १६ औं पटकसम्म आमरण अनसनमा बस्न पर्नु अत्यन्तै दुर्भाग्यपुर्ण भएको भन्दै उनको स्वास्थ्य नाजुक हुँदा पनि जीवनरक्षाको सवालमा ठोस पहलकदमी हुन नसक्नुको जति निन्दा गरे पनि कम हुनेछ भनेको छ ।