समाचार

‘यो सत्ताको समय धेरै छैन । हामीसँग बन्दुक छ, त्यसको डरले हामीलाई रिहा गरेको हो:प्रकाण्ड

काठमाडौं, ९ भदौ । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आज आदेश जारी गरेको छ । अदालतले यसअघि पटक–पटक थुनामुक्त गर्न दिएको आदेश पालना नगरेको भन्दै सरकारलाई सचेत गराएको थियो ।

सर्वोच्चको आदेशपछि प्रवक्ता विश्वकर्मा थुनामुक्त भएका छन् । उनलाई यसपटक भने प्रहरीले पुनः पक्राउ गरेको छैन । थुनामुक्त हुँदै सर्वोच्च अदालत परिसर बाहिर प्रकाण्डले यो सत्तालाई भदौमा उम्रेको च्याउको संज्ञा दिएका छन् । उनले भने, ‘यिनीहरुको समय धेरै छैन । हामीसँग बन्दुक छ, त्यसको डरले मलाई र मेरा साथीहरुलाई रिहा गरेको हो ।’

निकै आक्रोशित हुँदै सम्बोधन गरेका प्रकाण्डले अघि भने,‘देश र जनताको मुद्दा, देश र जनताको निम्तिको मुक्तिको लागि देशी र विदेशी प्रतिक्रियावादी र यो देशका दलालहरुका बीच जुनसुकै षड्यन्त्रमा पनि आफ्नो पार्टीको क्रान्ति अगाडि बढ्नेछ ।

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध खनिएका विश्वकर्माले भने,जनताको पक्षमा संघर्ष गर्दा हामीलाई ज्यान मुद्दा लगाउने गर्छौं भने प्रचण्डको विरुद्धमा १० हजार नेपाली जनताको हत्या गरेको हत्याराको मुद्दा नेपाली जनताको अदालतमा दर्ता हुनेछ । प्रचण्डले विचार गरेका छन्, यसमा कसरी फेस गर्छौ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *