समाचार

‘असनका साँढे’लाई सरकारले ठेगान लगाउने ‘ -सूचना तथा सञ्चार राज्यमन्त्री बास्कोटा

काठमाडौं, ५ वैशाख । सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले यातायात व्यवसायीहरूले बन्द लगायतका असहयोग आन्दोलन गरे बसहरू जफत गरेर सुरक्षाकर्मीले चलाउने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार पत्रकार ऋषि धमलासँग कुरा गर्दै राज्यमन्त्री बास्कोटाले यातायातको सिण्डिकेटलाई जसरी पनि अन्त्य गरेरै छाड्ने बताए । ‘यातायात बन्द हुँदैन । उहाँहरूले आफ्नो आफ्नो गाडी बन्द गर्ने हो । अरु यातायाता बन्द हुँदैन’, उनले भने, ‘जसले बन्द गर्छ त्यसको गाडी कब्जा हुन्छ ।’

यातायात व्यवसायीहरूले रुट बिक्री गरेर यात्रुलाई दुःख दिएको उनले बताए । ‘रुट बिक्री गर्न पाइँदैन’, उनले भने, ‘यातायात व्यवसायीहरूले के–के गर्नु हुन्छ त्यो देखिनेछ ।’

राज्यमन्त्री बास्कोटाले व्यवसायीहरूलाई निजी क्षेत्रको नाममा ‘असनको साँढे’ जस्तो भएको आरोप लगाए । उनले भने, ‘व्यवसायीहरू असनको… के भने जस्तो गरेर हिँड्न पाइँदैन ।’

‘कानून कार्यान्वयन गराउने पक्षमा दृढ छ । विगतमा क–कसले देश ठप्प पारेका छन् त्यो पनि देखिएको छ’, राज्यमन्त्री बास्कोटाले भन, ‘पाँच छ महिना (नाकाबन्दी) ठप्प पारेर रोक्दा पनि ग्यास तेल बन्द गर्दा पनि सरकार झुकेन । यस्ता व्यवसायीको धम्की र घुर्कीले कसलाई घाटा हुन्छ ?’

‘बैंकको व्याज सरकारले तिर्ने होइन । ड्राइभर र खलासीसहितका मजदुरलाई तलव कसले दिने हो ? उहाँहरूले दिने होला के र !’, उनले भने, ‘हामीले बिकल्प दिएका छौँ । प्रतिस्पर्धामा आउनुस् । सरकारले आफ्नो सुरक्षा संयन्त्र परिचालन गर्छ शान्ति सुरक्षा बनाउन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *