खेलकुद

मेसीको दुई र कौटिन्होको एक गोलले ला लिगा फुटबलमा बार्सिलोना विजयी

काठमाडौं, ३ भदौ । लियोनल मेसी र फिलिप्स कौटिन्होको गोलबाट ला लिगा फुटबलमा साबिक बिजेता बार्सिलोनाले विजयी सुरुवात गरेको छ ।

शनिबार राति भएको नयाँ सिजनको पहिलो खेलमा डिपोर्टिभो अलाभेसलाई ३ – ० ले हराउँदै बार्सिलोनाले सिजनको शुखद सुरुवात गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेसीले दुई तथा फिलिप कौटिन्होले एक गोल गरे। क्याम्प नाउमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल गर्दै बार्सिलोनाले सहज जित निकालेको हो।

खेलको ६४ औं मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गर्दै कप्तान मेसीले बार्सिलोनालाई सुरूवाती अग्रता दिलाए। खेलको ८३ औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फिलिप कोउटिन्होले लिगमा डेब्यु गरिरहेका अार्थरको पासमा गोल गरेका थिए ।

खेलको इन्जुरी समयमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३ – ० को सहज जित हात पार्दै लिगमा ३ अंक जोड्यो।

अलाभेसविरुद्धको जितसँगै बार्सिलोनाले क्लब इतिहासमा ६ हजार गोलको कोशेढुंगा पार गरेको छ। सिजनको पहिलो खेलमै तीन गोल गरेको बार्सिलोनाले विपक्षीको पोष्टमा ६ हजारौं गोल गर्न सफल भएको हो। बार्सिलोनाका लागि ६ हजारौं गोल कप्तान मेसीले गरेका हुन्।

एजेन्सीको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *