समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान

२०८३,असार ५ शुक्रबार
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुदै छ । असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको पार्टीका सांसद तथा महामन्त्री कविन्द्र बुर्लाकाेटीले जानकारी दिनु भयो ।
एक सार्वजनिक कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको र खर्चको प्रारम्भिक अनुमान करिब ४ करोड रुपैयाँ रहेको बताउनु भयो ।
महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी हुनेछन्। पार्टीका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा नयाँ नेतृत्व चयन गर्ने तयारी गरिएको छ। रास्वपा स्रोतका अनुसार १९ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरिएको छ भने नेतृत्व तथा पदाधिकारी चयन सकेसम्म सर्वसम्मतिबाट गर्ने प्रयास रहने बुर्लाकाेटीकाे भनाइ छ।