समाचार

खरिद ऐन र श्रम कानुनले श्रमिकलाई पारेकाे समस्या र समाधान विषयक छलफल

पुस १२ शुक्रबार ,२०८१
काठमाडौ । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन केन्द्रीय कमिटीले खरिद ऐन तथा श्रम कानुनले आउटश्राेर्सका क्षेत्रमा परेका समस्य र समाधानका विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्ने भएको छ।

भाेलि शनिबार संस्थाले एक कार्यक्रम गरि पत्रकार सम्मेलन तथा छलफल चलाउन लागेको हो । संबाद डबली अनामनगरमा हुने साे कार्यक्रमका प्रमुख बक्ता नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूषाल रहनु हुने संस्थाका अध्यक्ष प्रेम बहादुर कार्कीले जानकारी दिनु भयो ।

उक्त अन्तरक्रियामा प्रमुख बक्ता भूषालले,नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट खेलिने भूमिका र समस्या समाधानका लागि गरिने पहलका बारे प्रतिबद्दताकाे विषयमा धारण राख्नु हुने छ। प्रमुख बक्ता तथा अतिथिहरुले कार्यक्रममा दिइएको विषयमा प्रष्ट धारणा र प्रतिबद्दता माथि आधार सहित बाेल्नु पर्ने कार्यक्रम राखिएको संस्थाका महासचिव वेद प्रसाद हुमागाँईले टुकी नेटवर्कलाई बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *