समाचार

कडा परिश्रम र मेहनतले खेलकुदमा सफलता मिल्छ: प्रशिक्षक श्रेष्ठ

पुस,६ शनिबार ,२०८१
काठमाडौ । नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा क्याेकुशिन खेल तर्फ` मुहान पाेखरि´ डाेजाे दुई दुई स्वर्ण, रजत र कास्य सहित जित हाँसिल गरेको छ। साे समुहले चाँगुनारायण नगरपालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड हात पारेकाे हो ।

नगर स्तरिय प्रतियाेगितामा` अन्तर विद्यालय खेलकुद´पनि भएको थियो । प्रतियोगितामा विभिन्न विद्यालयबाट खेलाडीहरु बीच प्रतिष्पर्धा गराइएको थियो । क्योकुशिन खेल तर्फ करिब १०० खेलाडिको सहभागिता रहेको थियो ।

`प्रतियाेगितामा` हाम्रो मुहानपोखरी डोजो ´बाट विभिन्न तौल समुहमा कुल ३० जना विद्यार्थी छात्र छात्राहरुले भाग लिएका थिए। तौल समुहमा  ४ ओटा बिद्यालयले प्रतिनिधित्व गरेका छन्। विद्यालयबाट भाग लिएका श्री कृष्ण  मा.वि.ले २ स्वर्ण ,२ रजत र २ कास्य पदक जित्न सफल भएको छ । बागहेणि मा.वि ले ४ रजत र ३ कास्य पदक ,द कन्ट्रिसाइड स्कुलका खेलाडिले  २ स्वर्ण  पदक  र क्वालिटी इङलिस  स्कुलका खेलाडीहरुले १ स्वर्ण  ३ रजत र १ कास्य पदक सहित जित्न  हाँसिल गरेका छन् ।

मुहान पोखरी डोजाेबाट  खेल्ने २० खेलाडि र प्रतिस्पर्धामा भाग लिने अन्य खेलाडीलाई जित्न सफल हुनु भएकोमा धेरै बधाई दिदै वल्ड शाे क्याेकुशिन नेपाल ब्राच्चका चिफ राजकुमार श्रेष्ठले खुशि व्यक्त गर्नु भएको छ । उहाँ खेलमा हार जित हुनु स्वभाविक भएको भन्दै मेहनत  र कडा परिश्रमले आगामी दिनमा सफल हुन सक्ने विश्वास राख्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *