समाचार

रास्वपाकाे शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन तीन दर्जन प्रदर्शनकारी घाइते

मंसिर१९ बुधबार ,२०८१
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरी बीच चितवनमा दाेहाेराे झडप भएको छ। आज जिल्ला प्रहरी कार्यालय चितवन परिशरमा भइरहेको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको हो ।

रास्वपा सभापति तथा पुर्वगृहमन्त्री रवी लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ ।

प्रहरी दमनमा रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषाल सहित ४० नेता कार्यकर्ता घाइते भएको रास्वपा बागमती प्रदेशका महामन्त्री सुरेन्द्र भट्टले जानकारी दिनु भयो । उहाँका अनुसार,` शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयाेग गर्ने प्रयास गरी लाठ्ठी चार्ज गरेका थिए । भिडलाई नियन्त्रण लिन गरिएको लाठीचार्ज पछि तितरवितर भएका प्रदर्शनकारीलाई प्रहरीले न‌ै ढुगाँ प्रहार गरेको थियो । शान्तिपूर्ण आन्दोलनलाई प्रशासनले जवर्जस्ती रणभूमि बनाएको भट्टकाे आराेप छ।

सभापति रवि लामिछानेको बयान कायम रहे पनि जिल्ला प्रहरी कार्यालय नजिक जारी विरोध कार्यक्रमलाई प्रहरी आफैँले अराजक बनाईरहेको रास्वपा स्रोतले जनाएको छ ।

लामिछानेलाई सरकारी वकिल कार्यालय लैजाने क्रममा भिडभाड भएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नु परेको थियो । । हाल स्थिति सामान्य रहेकोे प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *