समाचार

जिल्लाकाे खेलकुद क्षेत्रलाई थप उचाईमा लाने छु : अध्यक्ष वाइबा

२७ असार ,२०८१

काभ्रेपलान्चोक । जिल्ला खेलकुद विकास समिति काभ्रेको अध्यक्ष पदमा मानविर वाइबाले बिहिवार पदभार ग्रहण गर्नु भएकाे छ । बिहिवार बिहान जिल्ला खेलकुद विकास समिति काभ्रेको कार्यालय बनेपा ६ बुडोलमा भएको कार्यक्रममा वाइबाले पदभार ग्रहण गर्नु भएको हो । कार्यक्रम जिल्ला खेलकुद विकास समिती काभ्रेका पुर्व अध्यक्ष एव बनेपा नगरपालिका वडा न ६ को वडा अध्यक्ष सचितान्द केसीको अध्यक्षतामा भएको थियो ।

पदभार ग्रहण गर्दै अध्यक्ष वाइबाले अबको दिनमा काभ्रे जिल्लामा खेल क्षेत्रमा बाकी काम हरु पूरा गर्ने बताउनु भयो । यो मेरो तेस्रो कार्यकाल हो हामिले काभ्रे जिल्लामा खेलको मार्फत धेरै गरिएको अझै गर्न धेरै बाकी रहेको ती कामहरू पूरा गर्ने वाइबाले बताउनु भयो ।

हामिले बिगतमा जिल्लामा खेलकुद महोत्सव, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, खेलकुद विकास समितिको भवन, खेलमैदान, प्रशिक्षकहरुको उत्पादन लगायतका कार्यहरु गरिरहेको अझै थप कार्यहरुमा जोड्दिने वाइबाकाे भनाइ रहेको छ।

मेरो तेस्रो कार्यकालमा जिल्लाको खेलकुद क्षेत्रलाई थप उचाईमा लाने जिम्मेवारी पूरा गर्ने अध्यक्ष वाइबाले प्रतिवद्धता ब्यक्त गर्नु भयो । वाइबाले पुन काभ्रे जिल्लाको खेल क्षेत्रमा थप कार्य गर्न जिम्मा दिनुहुने बागमती प्रदेश पुर्व खेलकुद मन्त्री माननीय रत्न प्रसाद ढकाल, बागमती प्रदेश खेलकुद परिषद सदस्य सचीव सुर्य भण्डारी लगायत सबैमा धन्यवाद व्यक्त गर्नु भएको छ।

कार्यक्रम वडा अध्यक्ष सचितान्द केसीले काभ्रेको खेल क्षेत्रमा सम्भावना खोजेर अघि बड्न अनुरोध गर्नु भयो । बधाई तथा कार्यकाल सफलताको शुभकामना दिदै केसिले मानविर वाइबाले अबको दिनमा खेल क्षेत्रमा सबै खेलाडी हरुले सदैव सम्झिन सक्ने काम गरेर देखाउन अनुरोध गर्नु भएको छ।

अध्यक्ष वाइबालाई बागमती प्रदेश खेलकुद परिषदले पहिलो पटक २०७६ माघ २१ गते नियुक्ति दिएको थियो । बिचको केही बर्ष प्रदेशले दुई बर्ष कार्यकाल बनाएको पछि पुन ४ बर्षको कार्यकाल बनाएको छ । अध्यक्ष वाइबाले अगामी ४ बर्षको लागि पदभार ग्रहण गरिएको छ ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिती काभ्रेका कार्यालय प्रमुख बलराम शर्मा, नेपाल पत्रकार महासघ काभ्रे पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, पत्रकारहरु पेमा लामा, आईटिएफका किशोर बरुण, फुलकन्ट्याक्ट कराँतेका गोविन्दलाल श्रेष्ठ, कराँते प्रशिक्षक ओमप्रकाश नकर्मी, तेक्वान्दो प्रशिक्षक फिरोज शाक्य, राकेश भोक्षिभोया, बक्सिङ्गका बरिष्ठ प्रशिक्षक किरण बहादुर कार्की, उसु प्रशिक्षक नमोराज लामा, विजय सुन्दर सैँजु, तेक्वान्दो प्रशिक्षक रामचन्द्र कर्माचार्य, भिमबहादुर कर्माचार्य, कराँते महासंघका श्याम कुँवर, गौतम मानन्धर, कविरकुमार रञ्जितकार लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *