समाचार
मन्त्री लामाद्वारा भुम्लुमा माेटरेवल पुल उदघाटन,स्थानीय भए खुशि

माघ २९ साेमवार ,२०८०
काभ्रेपलान्चोक । जिल्लाकाे भुम्लु गाउँपालिका चाखोलामा मोटरेबल पुल निर्माण भएको छ। गाँउपालिकाकाे आर्थिक सहयोगमा निर्माण सम्पन्न पुलकाे बागमती प्रदेशका खानेपानी ,उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामाले उदघाटन गर्नु भएको हो ।
गाउँपालिकाको ४२ लाख र जनसहभागितामा अरनिको राजमार्गबाट चालिसे हुँदै चुल्ठेडाडा जाेडने पुल निर्माण भएसँगै स्थानीयले राहत पाएका छन् ।सो स्थानमा पुल नहुँदा स्थानीयले बर्षामा सास्ती खेप्दै आएका थिए ।

पुल निर्माण पश्चात् किसानकाे आय आर्जनमा थप सहयोग पुग्ने बताउदै मन्त्री लामाले खानेपानी ,उर्जा र सिंचाइका याेजनाहरुलाई आगामी आर्थिक वर्षमा सम्वाेधन गरिने विश्वास व्यक्त गर्नु भएको छ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले १ हजार पाेखरीकाे अवधारणाले तरकारी खेतीको लागि सिंचाईकाे आवास्यकता पूरा गर्ने सकिन धारण राख्नुभएको थियो । यस्तै उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) ले भुम्लु गाउँपालिकाका विभिन्न वडामा करिब १४ करोड ५० लाखका योजना लामा नेतृत्वको मन्त्रालयबाट विनियोजन भएको भन्दै आगामी दिनमा अझै नजिकबाट नियाल्न अनुरोध गर्नु भयो ।
बर्षाको समयमा ५२ किलोस्थित झोलुङगे पुलसम्म पुग्न बाध्य सथानियहरुले पुल बनेकाेमा खुशि लागेको बताएका छन् । बर्षामा खाेला बढेर वारि पारिकाे बास बस्नु पर्ने बाध्यता हटेकाे भन्दै गाडि नै चल्ने पुल बन्नु गर्बकाे काम भएको स्थानीय बुद्धिजीवी तथा अगुवाहरुकाे भनाइ रहेको छ।
